Agni Offset Press

गोदावरी नगरद्वारा कृषक समूहलाई कृषि सामग्री हस्तान्तरण

Aarati simant

अत्तरिया, १९ असार : कैलालीको गोदावरी नगरपालिकाले किसानलाई कृषि सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाले वडा न. १० को खमौरा र दमौरामा रहेका तरकारी उत्पादक कृषक समूहलाई सामग्री हस्तान्तरण गरेको हो । कृषि पेशाबाटै जीविका पार्जन गर्ने कृषक समूहमा आबद्ध किसानलाई ५० प्रतिशत लागत अनुदानमा २ लाख ५० हजार बराबारको कृषि सामग्री हस्तान्तरण गरेको छ ।
पालिकाले तरकारीमा पकेट विकास कार्यक्रम अन्तरगत यस क्षेत्रका २ वटा समूहलाई तरकारी खेती गर्न नविनतम प्रविधि प्रयोगका लागि पालिका र कृषक समुहको संयुक्त लगानीमा हस्तान्तरण गरेको कृषि शाखा प्रमुख नन्दी मल्लले बताएकी छन । पालिकाले दमौरामा रहेको सुनौलो कृषि समूह र खमौरामा रहेको जनकल्याण कृषक समूहलाई ७ हर्ष पावरको मिनि ट्रेलर २–२ थान, थोपा सिचाईका लागि ४–४ लाईन पाईप, मल्चिङ प्लास्टिक २–२ रोल, फेरोमेन ट्रेप १५ –१५ ओटा, औषधी छर्कने ट्याङ्की २–२ वटा, क्रेट १५–१५ ओटा कृषक समूहलाई हस्तान्तरण गरेको छ ।
कृषि सामग्री हस्तान्तरण कार्यक्रममै गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरीदत्त भट्टले आगामी दिनमा यस क्षेत्रका कृषक दाजुभाई तथा दिदी बहिनीहरुले उत्पादनलाई ब्यवसायीकरण गर्दै आत्मनिर्भरका उपायहरु अवलम्वन गर्नुपर्नेमा जोड दिए । विगत दुई बर्षदेखि नगरपालिका भित्र विभिन्न परियोजना सञ्चालन गरि कृषकहरुलाई सहायता प्रदान गरिरहेको ग्रामीण क्षेत्रमा रहेकाहरुलाई उद्ममी बनाउने गरी साझेदारीमा सबै वडाका मिहिनेती र तालिमप्राप्त कृषकहरुलाई टनेल, पाइप, स्प्रीङ्कल र बिउबिजन उपलब्ध गराएको जानकारी कृषि शाखा प्रमुख नन्दी मल्लले बताएकी छन ।
हस्तान्तरण कार्यक्रममै जनकल्याण कृषक समूहकी उपाध्यक्षले पालिकाले गरिविको रेखामुनी रहेका किसानलाई सहयोग गरी हातमुख जोड्ने वातावरण बनाईउन सहयोग गर्नुहोस, धनीमानीलाई सामग्री वितरण गरेर उपलब्धि नहुने धारणा ब्यक्त गरेकी छन ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.