Agni Offset Press

वर्षाका कारण कैलालीमा १६ घरमा आंशिक क्षति

Aarati simant

अत्तरिया : कैलालीमा सोमवार देखि परेको वर्षाका कारण १६ घरमा आंशिक क्षति पुगेको छ। जिल्लाको कैलारी गाउँपालिका–७ बसन्ता स्थित कटौनी नदीका किनारमा रहेका ८ घरमा आंशिक क्षति पुगेको छ। आठ घरधुरीका मानिसहरु आफन्तको घरमा आश्रय लिएर बसेका छन्।

लुगाकपडा तथा सर–सामान घरभित्रै छन्। यस्तै भजनी नगरपालिका–५ लालबोजीमा पनि ८ घरधुरीमा आंशिक क्षति पुगेको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ। कान्द्रा नदीको कटानपछि घरभित्र पानी पसेको छ। घरभित्र पानी पसेपछि चौधरीगाउँका बासिन्दा मार्कामा परेका छन्। घटनाको पुर्ण विवरण प्राप्त भएको छैन्। घटनाबारे थप बुझ्न प्रहरी परिचालन गरिएको छ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.