सुदूरपश्चिममा एमाले समर्थन फिर्ता, मन्त्रीहरू राजीनामा बुझाउँदै

अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारबाट एमाले बाहिरिने भएको छ। एमाले प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

अहिले मन्त्रीहरू पनि राजीनामा दिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्। मुख्यमन्त्री दीर्घ सोडारी अहिले प्रदेशमा छैनन्। उनको अनुपस्थितिमा कार्यालयमा दर्ता गर्ने तयारी भएको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए। एमालेले समर्थन फिर्ता लिएसँगै सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.