Agni Offset Press

लोटस आई स्कूलले विद्यार्थीको बौद्धिक क्षमता वृद्धिको लागी विभिन्न क्रियाकलाप गर्दै

Aarati simant

अत्तरिया, २१ असार : कैलालीको गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको लोटस आई अंग्रेजÞी माध्यमिक विद्यालयले बौद्धिक क्षमता विकास कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार बौद्धिक क्षमता विकास गर्न विद्यार्थीलाई तालिम प्रदान गरेको हो ।
विगत २५ बर्षदेखि अब्बल भौतिक संरचना साथै समयापेक्ष ज्ञान–सीप सहितको गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको भविष्य उज्वल पार्न स्थापना कालदेखि लागि परेको विद्यालयले ६ देखि १० कक्षामा अध्यनरत विद्यार्थीहरूलाई सहभागी गरेर बौद्धिक क्षमता वृद्धि गर्न तालिम प्रदान गरेको जनाएको छ ।
विद्यार्थीको बौद्धिक क्षमता वृद्धि गर्न प्रशिक्षक एलसस गिरीले कार्यक्रममा प्रशिक्षण गरेका हुन । उनले विद्यार्थीहरूलाई स्मरण गराउने क्षमतालाई कसरी वृद्धि गर्ने, कुनै पनि विषय सम्बन्धी ज्ञान सहज तरिकाले कसरी याद गर्ने, मस्तिष्कमा प्रेसर नहुने गरी निश्चित सन्तुलन बनाई सहजै आफूले सो समयसम्म स्मरण गर्न सक्ने लगायत बौद्धिक क्षमता सम्बन्धी विभिन्न क्रियाकलापहरूको बारेमा विद्यार्थीहरूलाई प्रशिक्षण गरेका थिए ।
तालिममा विद्यालयका प्रिन्सिपल मानबहादुर ऐरले विद्यालयको वार्षिक क्रियाकलाप अनुसार विद्यार्थीहरूको विकासको लागी विभिन्न कार्यहरु गर्दै आइरहेकोमा शुक्रबार ४ सय ५० जना विद्यार्थीहरूलाई बौद्धिक क्षमता वृद्धि तालिममा सहभागी गराएको बताए । उनले कार्यक्रम आयोजनाको मुख्य उद्देश्य विद्यार्थीहरुले आफ्नो पढाइलाई सजिलैसंग अध्ययन गर्न सक्ने साथै अहिले पढ्दै आइरहेको विषयलाई मेमोराइज गरेर आउने समयमा विद्यार्थीहरुले कसरी सदुपयोग गर्न सक्छन् भनेर उक्त तालिम प्रदान गरिएको बताए । उनले अहिलेको पढेको विषयलाई लगायत कुनै पनि स्मरण गर्ने क्रियाकलपहरूलाई विद्यार्थीहरुले सहजै लामो समयसम्म स्मरण गर्न सक्ने बौद्धिक क्षमताको विकास गर्न उक्त तालिम प्रदान गरिएको बताए ।
उनले विद्यालयले विद्यार्थीहरूको शैक्षिक लगायत अतिरिक्त क्रियाकलापहरुमा क्षमता अभिवृद्धिका लागी विभिन्न किसिमका कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको बताए । यस्तै कार्यक्रम सहभागी भएका कक्षा १० मा अध्यनरत विद्यार्थी गणेश ठगुन्ना भन्छन् हामीले आफ्नो मस्तिष्क स्मरण क्षमता कसरी बढाउने साथै हामीले शिक्षामा केन्द्रबिन्दु सँगै अतिरिक्त क्रियाकलापमा समेत कसरी उत्कृष्ट बन्ने सम्बन्धी बारेमा ज्ञान हासिल गरेको बताए । उनले कार्यक्रमबाट सिकेको ज्ञान भनेको लगातार पढेर मात्र नभई कसरी बुझेर पढ्ने र हाम्रो मस्तिष्कलाई दबाब नदिई उचित प्रक्रियाबाट प्रयोगमा ल्याउने लामो समयसम्म कसरी स्मरण गर्ने सम्बन्धी प्राप्त गरेको बताए । उनले विद्यालयले हप्ता, महिनामा विद्यार्थीहरूलाई शिक्षा विकासमा लगायत अतिरिक्त क्रियाकलापमा सहभागी गराएर जोड दिँदै आइरहेको बताए ।
विद्यालयले कक्षा ११ मा नयाँ भर्ना खुलायो : विद्यालयले शैक्षिक सत्र २०८१÷०८२ को लागी कक्षा ११ मा नयाँ भर्ना कार्य्रकम समेत सुरु गरेको छ । विद्यालयले हरेक वर्ष झै यस वर्षपनि व्यवस्थापन, शिक्षा र मानविकी संकायमा पढ्न चाहने विद्यार्थीहरुका लागी समिति सिटमा भर्ना खुलाएको छ । यस विद्यालयले विद्यार्थीहरूलाई सर्व प्रथम गुणस्तरीय शिक्षा सँगै भेषभूषा संस्कृति, खेलकुद लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरुमा समेत जोड दिँदै आइरहेको छ । नर्सरी कक्षा देखि १२ कक्षा सम्म अध्यापन गराउँदै आइरहेको विद्यालयले शिक्षक, शिक्षिका, कर्मचारीहरु गरी जम्मा ७५ जनाहरुलाई रोजगार प्रदान गरेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.