कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। बझाङको खप्तडछान्ना गाउँपालिका–३ घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका-४ बसपार्कमा कोठा गरि बस्ने २८ वर्षीय सुजल खड्काको कोठाबाट भीमदत्त नगरपालिका–६ बस्ने बर्ष २९ वर्षीय गणेश बिक र भीमदत्त नगरपालिका–१५ का २७ वर्षीय प्रकाश भण्डारीसहित तीनै जनालाई पक्राउ गरेको जनाएको छ।

भण्डारीको साथबाट ०.०९ ग्राम र खाटमुनि फालेको अवस्थामा १.१८ ग्राम लागूऔषध (खैरो हेरोईन) फेला पारी तिनै जनालाई वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.