Agni Offset Press

धनगढीको एक्सिस विद्याआश्रमद्वारा असल अभिभाक्तो कार्यक्रम सम्पन्न

Aarati simant

अत्तरिया, २२ असार : धनगढीको हसनपुरमा रहेको एक्सिस विद्याआश्रम सेकेण्डरी स्कूलले असल अभिभाक्तो कार्यक्रम सम्पन्न गरेको छ । आज (शनिबार) ‘डर त्रास होइन, हौसला र प्रेरणाका साथ’ भन्ने मुल मन्त्रका साथ कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा क्षत्रप्रशाद ज्ञवालीले असल अभिभावकको भूमिका वारेमा उपस्थित अभिभावकलाई प्रयोगत्मक वा सामूहिकरूपमा अभिप्रेरित गराएका थिए । उनले विद्यार्थीका लागी हुनुपर्ने पारिवारिक वातावरण, सामाजिक वातावरणका साथै असल अभिवावकले आफ्ना नानीवावुसंग गर्नुपर्ने व्यवहारका वारेमा समेत प्रशिक्षित गरेका थिए । शिक्षाको गुणस्तर सुधार गर्नमा विद्यालयको मात्र भूमिका हुँदैन् अभिभाकको भूमिका पनि उत्तिकै हुने गरेको प्रिन्सिपल अनिता पन्तले बताईन् ‘अभिभाकहरुमा शिक्षक र विद्यालयले मात्र बालबालिकाहरुको शिक्षा सुधार गर्न सक्छन् भन्ने छाप छ’, उनले भनिन । ‘तर, त्यस्तो होइन । विद्यालयको भन्दा बढी समय वितीत गर्ने घरमा पनि अभिभाकहरुको भूमिका हुन्छ ।’ कार्यक्रममा अभिभावक, शिक्षकहरुको सहभागिता रहेको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.