
अत्तरिया : लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाब बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ ।
महाकालीमा पानीले खतराको सतह नाघेपछि शनिबार साँझदेखि शारदा ब्यारेजमा सवारीसाधनको आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले नदीमा पानीको सतह बढेर एक लाख ४८ हजार ९१६ क्युसेक पुगेकाले सवारीसाधनको आवागमनमा रोक लगाइएको जानकारी दिए । शारदा ब्यारेजमा महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक नाघेपछि चार पाङ्ग्रे सवारीसाधनमा रोक लगाउदै आएको छ ।
