Agni Offset Press

व्यावसायीहरुलाई करको दायरामा आउनु मेयर भट्टको अनुरोध

Aarati simant

अत्तरिया : गोदावरी नगरपालिका भित्र रहेका ब्यावसायीहरुलाई करको दायरामा आउन मेयर विरेन्द्र भट्टले अनुरोध गरेका छन् । सबै व्यावसायीहरु करको दायरामा आउन नसकेको उनको भनाई रहेको छ । आईतबार नगरपालिकामा व्यावसायीसंग भएको छलफलमा यस्तो अनरोध गरेका हुन् । ठूला करदातालाई करको दायरामा आउन भट्टको अनुरोध गरेका छन । ‘तपाई हामीले नै कर तिरेन भनेन कसरी स्थानीय सरकार चल्छ ? ब्यावसायीहरुबाट करलाई घटाउने कुरो सबै पालिकाका प्रतिनिधिले भने अनुरुप हामी ब्यापारीलाई साथमा लैजान खोजेका छौ ।’, मेयर भट्टले भने । ‘पालिकाको विकासका लागि हातेमालो गरेर अगाडि बढाउन खोजेका छौ ।’ अहिलेसम्मको सबै कर तिर भन्दा नी अहिलेको आर्थिक संकटमा गाह्रो अवस्था आउन जान्छ त्यसले गर्दा सबैलाई सहज हुने गरी अगाडि बढ्न आवश्यक रहेको मेयरको भनाई छ ।
व्यावसायीहरु यस पटक पनि करको दायरा भित्र आउदैनन भने पालिका भित्र रहेका ब्यापारीका सँघ संगठनले जिम्मेवारी लिनुपर्ने उनले बताए । छलफलमा पालिकाको यस निर्णयप्रति ब्यापारिक संगठन प्रतिनिधीहरुको मेयर भट्टको निर्यणलाई समर्थन गर्दै ताली बजाएर समर्थन समेत गरेका थिए ।
व्यावसायीहरुलाई करको दायरामा आउनका लागि आगामी दिनमा पत्र समेत काट्ने उनले जनाएका छन् । नगरपालिकाले सबै खाले करदातालाई करको दायरामा ल्याउन पहिलेको सरकारले पनि प्रयास नगरेको थिएन तर ब्यावसायी सँगठन र पालिका प्रतिनिधिहरु सँग गहन छलफल र करमा छुट नदिदासम्म करको दायरामा आउन नसक्ने जनाउदै गरेका व्यावासायीहरुलाई विशेष छुट सहित दायरामा आउने व्यावसायी पनि सहमति भएका छन ।
पालिका र ब्यावसायी बीच सहमतिका लागि २०७९ को निर्वाचन पश्चात नयाँ स्थानीय सरकारको समय देखि लागूहुने गरी करको दायरामा आउन पर्ने जनाएको छ । आईतबार अत्तरियामा गोदावरी नगरपालिकाका भित्र रहेका व्यावसायी संगठनका प्रतिनिधिहरु सँगको उपस्थितिमा छलफल भएको हो । छलफलमा बजारलाई कसरी ब्यावस्थित पार्न सकिन्छ ? पालिकाले के गर्ने र ब्यावसायीले पालिका भित्र के के योगदान गर्ने ? लगायतका बिषयमा पनि छलफल भएको थियो ।


छलफलमा अत्तरिया उद्योग बाणिज्य सँघ, चेम्बर अफ कमर्स, होटेल ब्यावसायी संघ, मोबाईल ब्यावसायी, पुस्तक ब्यावसायी लगायत पालिकाका नगर उप प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, सबै वडा अध्यक्ष तथा प्रतिनिधिहरु, प्रशासन तथा लेखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.