Agni Offset Press

विपदको बेलामा जनताको दुःखमा सहयोग गर्न कांग्रेस कैलालीको आव्हान

Aarati simant

अत्तरिया : नेपाली कांग्रेस कैलालीले विपदको बेलामा जनताको दुःखमा सहयोग गर्न आफ्नो पार्टीका सबै तह तथा भातृ एवं शुभेच्छुक संस्थालाई आव्हान गरेको छ। आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस कैलालीले सो आग्रह गरेको हो।

कार्यवाहक सभापति खेमराज डंगौरा थारुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘नागरिकको जिउधनको सुरुक्षा गर्न र बाढीबाट प्रभावित मानिसको उद्धार र राहतमा लाग्न तथा क्षतिको एकिन आकलन गरि नागरिकलाई क्षतिपूर्ति दिन तीनै तहका सरकारलाई आग्रह गर्दछौं’

तीन दिनदेखि लगातार परि रहेको अबिरल वर्षाका कारण कैलाली जिल्लाको जनजिवन प्रभावित भएको छ । नदिमा पानीको वाहव निरन्तर बढदै गएकाले सडक, पुल लगायत किसानहरुको खेती योग्य जमिन कटान हुँदै गएको छ भने पानीको डुवानका कारण पशुचौपाय, बालबालिका र वृद्धवद्धाहरूको जनजिवन निकै प्रभावित भएको छ ।

साथै अझै केही दिन लगातार पानी पर्ने सम्भावना भएकाले कैलाली जिल्लाको मोहना, कान्द्रा, खुटिया, कर्णाली, गौरीगंगा, लिकमा, शिवगंगा, पथरैया र गोदावरी नदि लगायत अन्य नदिहरुको बहाब बढने हुँदा यी नदि तटिय क्षेत्रका आसपासमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कताका साथ बस्न र डुबानबाट हुने क्षतिकम गर्न तथा खाद्यन्न लगायत पशुचौपायलाई उच्चा स्थनमा सार्न नेपाली कांग्रेसले आग्रह गरेको छ।

‘बाढी र डुवानबाट विस्थापित स्थानीय नागरिकलाई राहत र सुरक्षित स्थानमा सार्न र मानवीय क्षतिलाई कम गर्ने सरकारबाट गरिने सबै प्रयास गर्न आग्रह गर्दछौं।’ विज्ञप्तिमा उल्लेख छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.