Agni Offset Press

भारी वर्षाले कञ्चनपुरका अधिकांश भूभाग डुबानमा

Aarati simant

धनगढी : लगातार परेको अति भारी वर्षाका कारण कञ्चनपुरको अधिकांश ठाउँमा डुबानमा परेका छन्। पछिल्लो २४ घन्टामा कञ्चनपुरमा ६२०.४ मिलिमिटर पानी परेको छ। यो हालसम्मकै अत्यधिक वर्षा हो। यस्तै, कञ्चनपुरको हनुमाननगरमा ५७० मिलिमिटर वर्षा भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार डुबानमा परेका ४६६ घरपरिवारका १ हजार ६२२ जनालाई सुरक्षित ठाउँमा सार‍िएको छ। जिल्लाको दोधाराचाँदनी नगरपालिका, भीमदत्त नगरपालिका र पुनर्वासमा भारी वर्षाका कारण डुबानमा परेका घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको हो।

उनीहरूलाई विद्यालय र आफन्तको घरमा राखिएको छ। भारी वर्षाका कारण अझै बस्तीहरू डुबानमा पर्ने क्रम बढ्दै गएको डिएसपी जोशीले जानकारी दिए। यस्तै घर डुबानमा परेपछि जिल्लाकै कृष्णपुरका एक बालकको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका– १ मोतीपुरका ७ महिनाका बालक सोलु धानुकको घरभित्र पानी पसेपछि मृत्यु भएको हो। घरभित्र झुलामा निदाइरहेका उनको पानीका कारण निस्सीएर मृत्यु भएको प्रहरीले जनाएको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.