Agni Offset Press

कञ्चनपुरमा बाढीमा परेर ५ जनाको मृत्यु

Aarati simant

अत्तरिया : कञ्चनपुरमा बाढीमा परेर ५ जनाको मृत्यु भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार बाढीमा डुबेर तीन महिला, एक पुरुष, एक बालक गरी पाँच जनाको मृत्यु भएको हो ।
सोमबार बिहान पुनर्वास नगरपालिका–५ का तीन किशोरीको डुबेर ज्यान गएको छ । मृत्यु हुनेमा ग गाउँकी १५ वर्षीया लक्ष्मी बोगटी, १५ वर्षीया सृजना बोगटी र १६ वर्षीया आरती बोगटी छन । तीनै जनाको शव फेला परिसकेको जोशीले जानकारी दिए । उनका अनुसार एक टोलबाट अर्को टोलमा जाने क्रममा बाढीले बगाउँदा उनीहरू डुबेर बेपत्ता भएका थिए । उनीहरूसँगै रहेकी १२ वर्षीया अञ्जली बोगटी भने बाँच्न सफल भइन ।
यसैगरी, कृष्णपुर नगरपालिका–१ पहरियाका सात महिने बालक सोनु धानुकको बिहानै डुबेर ज्यान गएको छ । घरमा पानी पसेको बेला खाटबाट खसेका बालकको डुबेर ज्यान गएको जोशीले बताए । यस्तै, बेलडाँडी गाउँपालिका–३ का २३ वर्षीय डम्मर चौधरीको चौधर नदीमा डुबेर ज्यान गएको छ । आइतबार साँझ चौधर नदीमा माछा मार्न गएको बेला चौधरी नदीमा डुबेर बेपत्ता भएका थिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.