आकाश कार्की
अत्तरिया : अत्तरियाको सत्यवती एकेडेमी शिक्षामा उत्कष्टरुपमा उभ्याउन सफल भएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा पर्ने एकेडेमी शिक्षामा एक अग्रणी संस्था अन्तरगतको एक हो । पढाईका अलवा अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकतामा राखेको छ । विद्यार्थीमा पढाईको आकर्षण बढेको छ । ‘योग्य तथा सभ्य नागरिकको उत्पादन गर्ने हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ स्थापना कालदेखि नै विद्यार्थीहरूको संख्यामा मात्र नभई शिक्षाको गुणस्तरतामा पनि उत्तिकै प्राथमिकता दिएको संस्था हो । हरेक बर्ष सत्यवती शिक्षामा आफुलाई परिमार्जित गर्दै गएको छ ।
सत्यवतीले आफ्ना विद्यार्थीहरूको बौद्धिक शक्ति क्षमतामा वृद्धिसँगै विशेष गरी शिक्षा, खेलकुद लगायत अतिरिक्त क्रियाकलापहरुमा अब्बल भूमिका निर्वाह गर्दै आइरहेको छ । व्यवहारिक जीवनको मुख्य पाटो सभ्यता र अनुशासन भएकोले विद्यार्थीलाई सभ्यता र अनुशासनमा संस्कारको नीतिको ज्ञान पनि प्रदान गर्ने गरेको हो ।
एकेडेमीमा कक्षा ११ विज्ञान संकायमा नयाँ भर्ना : २०८० सालको एसईई परीक्षाको नतिजा प्रकाशित भएसँगै एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने सफल भएको छ सत्यवती । दिनहुँ हजारौं विद्यार्थीहरूको उज्जवल भविष्य साथै अभिभावकहरुको सपना साकार गर्न अत्तरिया क्षेत्रमा अग्रणी संस्थाको रूपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यस सत्यवती एकेडेमीमा हरेक वर्षझै यस वर्ष पनि शैक्षिक सत्र २०८१\०८२ का लागी कक्षा ११ मा भर्ना खोलेको छ ।
पर्याप्त भौतिक पूर्वाधारका साथै उत्कृष्ट व्यवस्थापन गरिएको यस एकेडेमीमा दक्ष शिक्षकहरुले अध्यापन गराउँदै आइरहेको साथै कक्षा ११ मा विज्ञान संकायमा पढ्ने विद्यार्थीहरुका लागी उत्कृष्ट रोजाई बनेको छ ।
गुणस्तर शिक्षा हासिल गर्नका लागी विद्यार्थीहरुले टाढा–टाढा धाउने बाध्यतालाई समाप्त गर्दै एकेडेमीले यस वर्ष पनि कक्षा ११ मा विज्ञान संकायमा सिमिति सिट संख्या सहित विद्यार्थीहरूले उच्च शिक्षा हासिल गरुन् भन्ने उद्देश्यले भर्ना खुलाएको छ । सत्यवती एकेडेमीले एक विघा भन्दा बढी जमिनमा स्र्पोट्रस सेन्टर निर्माण गरेको छ । स्र्पोट्रस सेन्टरमा क्रिकेट, फुटबल खेलमैदानमा, ब्याड्मिन्टन÷भलिबल कोर्ट, टेबल टेनिस बोर्ड, बास्केटबल निर्माण गरेको छ । साथै फुटसलको निर्माण कार्य पनि सम्पन्न गरेको छ । एकेडेमीले विद्यार्थीलाई खेलकुदमा सक्रिय गराउनका साथै, बालबालीकाको शारिरीक र मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै स्पोट्रस सेन्टर निर्माण गरेको हो ।
एकेडेमीका संस्थापक विरबहादुर कडायतका अनुसार एकेडेमीको शिक्षा लगायत अन्य गतिविधिको बारेमा जोड दिएको बताउन्छन्
गुणस्तरीय शिक्षामा विशेष जोड : पुर्णकालीन ८५ जना शिक्षक रहेको यस एकेडेमीले सधैँ दक्ष जनशक्तिमा जोड दिने गरेको हो । एकेडेमीले स्थापना कल देखि नै २० औं वर्ष देखि अध्यापन पेशामा आबद्ध भएर शिक्षण संस्थामा निरन्तरता दिँदै आइरहेका पिएचडी, पिएचडी रनिङ, एमफिल रनिङ लगायत अनुभवी शिक्षक\शिक्षिकाद्वारा अध्यापन गराउँदै आइरहेको छ । साथै मूल विषयहरूका लागी प्रत्येक दिन हरेक विषयानुसार छुट्टै शिक्षकहरुको व्यवस्था गरेको छ ।
भौतिक संरचनामा अब्बल : एकेडेमीमा विद्यार्थीहरूको दैनिक अध्ययनमा कुनै पनि बाधा कमि नआओस् उद्देश्यले सुविधा सम्पन्न भौतिक भवनहरूको निर्माण गरेको छ । शान्त वातावरणमा ऐसी जडान, विद्युत अबरुद्द भएको बेला जेनेरेटरको सुविधा सँगै उचित कक्षा कोठाहरूको सुविधा दिएको छ ।
अतिरिक्त क्रियाकलापहरुमा जोड : एकेडेमी शिक्षण संस्थामा अब्बल रहेसँगै खेलकुदमा समेत उत्कृष्ट प्रदर्शनी गर्दै आइरहेको छ । साथै एकेडेमीले आफ्नै खेलमैदानमा क्रिकेट, फुटबल, फुटसल, बास्केटबल सँगै विद्यार्थीको रुचि बमोजिम सांगीतिक कक्षा, डान्स कक्षाको समेत व्यवस्था गरेको छ ।
छात्रवृत्ति तथा पुरस्कारः एकेडेमीले हरेक वर्ष विद्यार्थीहरूलाई पढाईप्रति आकर्षित गर्नको लागी छात्रवृत्ति तथा पुरस्कार वितरण गर्ने गरेको छ । एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई जीपीएको आधारमा स्तर छुट्याएर, वर्गिकृत छात्रवृत्ति साथै कक्षा १२ मा “ए प्लस“ प्रत्येक ल्याउने विद्यार्थीहरूलाई १० हजार नगद सहित सम्मानको व्यवस्था गरेको छ ।
उचित प्रविधिको प्रयोग : विद्यार्थीहरूलाई आधुनिक प्रविधिबाट शिक्षा दिने उद्देश्यले हरेक कक्षा कोठाहरुमा स्मार्ट बोर्ड सहित इन्टरनेटको पहुँच रहेको साथै इन्टरनेट नेटवर्किङ सहितको कम्प्युटर ल्याबको सुविधा उपलब्ध गरिएको छ । साथै प्रयोगात्मक क्रियाकलापहरुमा अत्याधुनिक ऐसी कक्षा सहितको भौतिकशास्त्र, जीवविज्ञान, रसायनशास्त्र साथै पछील्लो समयमा कम्प्युटर मानव जीवनको अभिन्न अंग बनेको कम्प्युटर ल्याब सम्बन्धी छुटाछुटै सुविधा उपलब्ध गरिएको छ ।
स्टिम र रोबोटिक्स : विद्यार्थीहरूलाई सुहाउँदो शिक्षा सँगै इनोभेटिभ बनाउन को लागी इन्जिनियरिङ कक्षा व्यवस्था सहितको छुट्टै स्टिम र रोबोटिक्स ल्याबको सुविधा रहेको छ ।
आधुनिक पुस्तकालयको व्यवस्था : एकेडेमीले ज्ञानका लागी पुस्तक भन्ने उद्देश्यले काठमाडौंको बुक ल्यान्ड संग पुस्तकालय व्यवस्थापनमा सहकार्य गरी इन्टरनेट सुविधा सहितको अहिलेको युगमा सुहाउँदो विद्यार्थीहरूको बौद्धिक क्षमता विकास सँगै अतिरिक्त ज्ञानको लागी शान्त वाावरणमा पुस्तकालयको व्यवस्था गरिएको छ ।
कक्षा ११ बाटै मेडिकल तथा ईन्जिनियरिङ्ग तयारी कक्षा सञ्चालन : एकेडेमीले विज्ञान विषय पढ्ने विद्यार्थीकालागी कक्षा ११ कक्षा बाटै एमबिबिएस तथा ईन्जिनियरिङ्ग तयारी कक्षा सञ्चालन गर्ने भएको छ । काठमाडौं लगायतका उत्कृष्ट कलेजहरुमा पढेका विद्यार्थीसंगको प्रतिष्पर्धामा पछी नपरुन भन्ने उदद्देश्यले कक्षा ११ बाटै मेडिकल तथा ईन्जिनियरिङ्ग तयारी कक्षाको व्यवस्था गराइने भएको छ ।