Agni Offset Press

कैलाली चेम्बरको अध्यक्षमा : प्रमोद अधिकारी

Aarati simant

अत्तरिया, २५ असार : कैलाली चेम्बर अफ कमर्सको अध्यक्षमा प्रमोद अधिकारी निर्वाचित भएका छन् । मंगलबार सम्पन्न दोस्रो विशेष साधारण सभाबाट अध्यक्षमा अधिकारी सर्वसम्मत निवार्चित भएका हुन । यस अघि जिल्ला अध्यक्षमा विनोद मल्ल थिए ।
साधारण सभाबाट वरिष्ठ उपाध्यक्षमा वंशीराम चौधरी ‘स्माईल’, महासचिव सन्तोष लामिछाने, कोषाध्यक्ष नीरज कार्की र सचिवमा शान्ति ठगुन्ना निवार्चित भएका छन् । यस्तै सदस्यमा लोकराज उपाध्याय चयन भएका छन् । बाँकी ४ जना सदस्य नवनिर्वाचित कार्यसमितिले चयन गर्ने जनाइएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.