मोहना नदीमा डुबेर ५० बर्षीय एक पुरुषको मृत्यु

अत्तरिया : कैलालीको मोहना नदीमा डुबेर धनगढीका एक पुरुषको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१० जुगेडा कटानका ५० वर्षीय लालबाबु रानाको मोहना नदीमा माछा मार्ने क्रममा मंगलवार डुबेर मृत्यु भएको हो।

नदीमा माछा मार्ने क्रममा डुबेर राना बेपत्ता भएका थिए। अस्थायी प्रहरी पोष्ट जुगेडाबाट प्रहरी टोली खटिइ खोजतलास गर्दा नदीमा राना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.