Agni Offset Press

पावर टिलर बाँड्ने भन्दै किसानको लाखौँ रकम खाने सहकारी अध्यक्ष पक्राउ

Aarati simant

अत्तरिया : कैलालीमा पावर टिलर बाँड्ने भन्दै किसानको लाखौँ रुपयाँ खाने सहकारीका अध्यक्ष पक्राउ परेका छन् । जिल्लाको कैलारी गाउँपालिकामा पावर टिलर बाँड्ने भन्दै किसानहरुबाट रकम उठाएर फरार रहेका ३ जना सहकारीका अध्यक्षहरु पक्राउ परेका हुन् । कालिमाई सहकारीका अध्यक्ष अमृत चौधरी, बाल सशक्तीकरण नेपाल सहकारी संस्थाका अध्यक्ष योगेश योगी र अखुवा कृषि सहकारी संस्थाका अध्यक्ष सीताराम चौधरप् पक्राउ परेका हुन्। किसानहरूलाई पावर टिलर बाढ्ने भन्दै करोडौँ रकम ठगी गरेको भेटिएपछि तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

यसअघि जिल्ला प्रशासन कार्यालय कैलालीले सत्यतथ्य बुझ्न अनुसन्धानका लागि पत्राचार गरेको थियो। अनुसन्धानका क्रममा सहकारीका अध्यक्षहरूले कैफियत गरेको तथ्य फेला परेपछि उनीहरूलाई मङ्गलवार नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

कैलारी गाउँपालिकाका ४८ जनाबाट सहकारी मार्फत पावर टिलर बाँड्ने भन्दै ठुलो रकम उठाइएको थियो । उनीहरुले कैलारी गाउँपालिकाको न्यायिक समितिमा उजुरी गरेपनि ठूलो सङ्ख्यामा किसान ठगिएको गुनासो न्यायिक समितिमा सुनुवाइ नभएपछि पीडित किसानहरूले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए। जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक अनुसन्धानमा सहकारीका अध्यक्षहरूको कैफियत देखिएपछि थुनामा राखेर अनुसन्धान गर्न तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको हो।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.