धनगढीमा नाइरोबी फ्लाइ किराको आतङ्क

अत्तरिया : धनगढी नाइरोबी फ्लाई किराको आतङ्क देखिएको छ। धनगढीमा अस्पतालहरूमा किराका कारण भएको समस्यासहित आउने बिरामीहरुको सङ्ख्या बढेको हो। धनगढीका निजी अस्पतालहरूमा दैनिक किराका कारण छालामा भएको समस्यासहित बिरामीहरू पुग्ने गरेका छन्। चिकित्सकका अनुसार मानिसको शरीरमा किराको सम्पर्कपछि रसायन निस्किन्छ। रसायनका कारण मानिसको छालामा फोका हुने तथा पाक्ने हुन्छ।

किराको सम्पर्कबाट बच्न चिकित्सकले आग्रह गरेका छन्। चिकित्सकले किरालाई हातले नछुने, लामो बाहुला भएको सर्ट र पाइन्ट लगाएर छालालाई ढाक्ने, झुलक प्रयोग गर्ने, झ्याल र ढोकाहरू बन्द गर्ने र वातावरण सफा राख्न भनेका छन्। किराको सम्पर्कमा आएका बिरामीहरूले छालालाई धुने तथा चिकित्सकको सुझाव अनुसार औषधीको प्रयोग गर्न भनिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.