Agni Offset Press

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको पत्नी नक्कली शैक्षिक प्रमाणपत्रमा दोषी ठहर

Aarati simant

अत्तरिया, २७ असार : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीकी पत्नी गीता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन् । नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर शिक्षकको जागिर खाएको दाबीसहित उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई दोषी ठहर गरेको हो । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा शिक्षकको जागिर खाएको भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा बिशेष अदालतले उनलाई बिहीबार दोषी ठहर गरेको हो ।
गीता धनगढी–९ स्थित शिव माविमा शिक्षिका थिइन् । उनले बोर्ड अफ सेकेण्डरी एजुकेशन, दिल्लीबाट १० कक्षा पास गरेको प्रमाणपत्र पेश गरेको बताइएको छ । उनीविरुद्ध २०७९ असोज पहिलो साता मुद्दा दायर भएको थियो । उनका पति सोडारी नेकपा एसका नेता हुन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.