गौरीगंगाामा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मानित

अत्तरिया : कैलालीको गौरीगंगा नगरपालिकाले विद्यालय र विद्यार्थीलाई सम्मान गरेको छ । नगरपालिका भित्रका उत्कृष्ट नतिजा ल्याउने विद्यालय, विद्यार्थी तथा अविभावकहरूलाई सम्मान गरिएको हो ।
उपसचिव तथा शिक्षा शाखा प्रमुख हरीश पन्तले गौरीगंगा–४ को कालीका माध्यमिक विद्यालय र वडा नम्बर ८ को बिहानी क्षितिज बोर्डिङ स्कुललाई सम्मान गरिएको बताए । उनले बिहानी क्षितिज बोर्डिङ स्कुलका ८५ प्रतिशत विद्यार्थी एसइइको परीक्षामा उत्तीर्ण भएका बताए । कालिका माध्यमिक विद्यालयका ३६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बिहान क्षितिज बोर्डिङ स्कुलका एक जना विद्यार्थीलाई समेत सम्मान गरिएको छ । गोरीगंगा नगरपालिका–६ मा रहेको अमर माध्यमिक विद्यालयका २ जना विद्यार्थी र चौमालाको मोहन्याल विद्या निकेतनका एक जना विद्यार्थीलाई समेत सम्मान गरिएको छ । उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीहरूलाई नगरपालिकाले सम्मान गरेको हो । शिक्षा शाखा प्रमुख पन्तले एक झोला, एक डायरी, एक पेन र सम्मान पत्र दिइएको बताए ।
नगरपालिकाले अमर माध्यमिक विद्यालयका छात्र निरिवल साउँद र सुलेना नेपाली, बिहानी क्षितिज स्कुलका छात्र हेमराज अवस्थीका बुवा लोकराज अवस्थी, मोहोन्याल विद्या मन्दिरका छात्रा अनु रानामगरकी आमा पवित्रा रानामगरलाई सम्मान गरिएको हो । क्षितिजका प्रधानाध्यापक कल्पना भुषाल, कालीका माध्यमिक विद्यालयका अध्यक्ष दिनेश खड्का र प्रधानध्यापक युवराज कडेललाई सम्मान गरिएको छ । जिल्ला समन्वय समिति कैलालीका कार्यभाक प्रमुख खगराज भुषाल, गौरीगंगा नगरपालिकाका नगर प्रमुख देविदत्त कडेल, जिल्ला विशक्षा विकास तथा समन्वय इकाई प्रमुख वैकुण्ठ सुवेदी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.