अत्तरिया, २९ असार : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसमा टिकापुर निवासी रणबहादुर धामीले आफ्ना छोरा मुकेश धामीको जन्मदिन मनाएका छन् ।
शनिबार सेभ हाउसमा आश्रय लिएर बसेका करिब ३५ जना महिला तथा बालबालिकाहरुलाई एक÷एक जोड कपडा वितरण सँगै खाना खुवाएर छोराको जन्मदिन मनाएका हुन् । टीकापुर निवासी रणबहादुर धामीले आफ्नो छोरा १२ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मुकेश धामीको जन्मदिन मनाएका हुन् । उनले २६ हजार बराबरको लत्ताकपडा, चामल लगायतका सामग्रीहरू वितरण गरेका हुन् ।
उनले विगत देखि नै बाल बालिकालाई लगायत असहाय व्यक्तिहरुलाई माया गर्दै आइरहेको र फजुल खर्च गर्नु भन्दा बालबालिका अलिक भएपनि राहत मिल्न सक्ने उद्देश्यले सामग्री वितरण गरेको बताए ।
यस्तै रण बहादुर धामीले सोही दिन देखि उक्त सेभ हाउसमा रु ५ हजारमा आजीवन सदस्य दर्ता गरेका छन् ।
सम्बन्धित पाेस्टहरु