चितवन : नारायणी नदीमा आज थप दुई जनाको शव फेला परेको छ । नवलपुरको गैडाकोट-७ गैरी स्थित नारायणी नदीको बीच टापुमा एक जनाको र चितवनको राप्ती र नारायणी नदीको दोभान गोलालघाटमा एक जनाको गरी दुई जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।
फेला परेका दुवै शव त्रिशुलीमा खसेका बसमा सवार यात्रुको भएको हुन सक्ने आशंका गरिएको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार बालुवाले पुरि ढाड मात्र देखिएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । शवको मुचुल्का तयार पार्ने काम भईरहेको प्रहरीले जनाएको छ । यता, चितवनको राप्ती र नारायणी नदीको दोभान गोलालघाटमा पनि एक जनाको शव भेटिएको छ।
अहिलेसम्म पाँच जनाको शव फेला, दुई जनाको सनाखत हुन बाँकी
यस अघि हिजो गोलाघाटमा एक जना र गैडाकोट(७ गैरीमा दुई जनाको शव फेला परेको थियो । उनीहरु तीनै जना त्रिशुलीमा खसेका बसमा सवार यात्रुहरु रहेको पुष्टि भइसकेको छ ।