गोदावरीबाट अवैध सालको काठ बरामद

अत्तरिया : कैलालीबाट प्रहरीले अवैध सालको काठ बरामद गरेको छ। जिल्लाको गोदावरी नगरपालिका–३ मालीका टोलबाट पुरानो ट्याक्टरको ट्रालीमा वेवारीसे अवस्थामा राखेको अवैध सालको काठ बरामद गरीएको छ।

अस्थायी प्रहरी पोष्ट चौकीडाँडाबाट खटिएको प्रहरी टोलीले ५ थान (२४.२८ क्युफिट) सालको काठ बरामद गरेको हो। बरामद गरेको ट्राली र काठ सब डिभिजन वन कार्यालय अत्तरियाको जिम्मा लगाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.