कैलारी गाउँपालिकामा कमैया मुक्ती दिवसको अवसरमा साउन २ गते सार्वजनिक विदा

धनगढी,३१ असार : कैलारी गाउँपालिकाले २४ ओैं कमैया मुक्ती दिवसको अवसरमा साउन २ गते सार्वजनिक विदा दिएको छ ।
गाउँपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै साउन २ गते सार्वजनिक विदा दिएको हो । उक्त दिन गाउँपालिकाभित्रका सबै सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय तथा बैंकहरुमा विदा रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीबाट हस्ताक्षरित सूचनामार्फत जानकारी गराइएको छ ।
मुक्त कमैयाहरुलाई सरकारले २०५७ साल सावन २ गते मुक्ती घोषणा गरेको थियो । गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले २४ औं मुक्ती दिवसका अवसरमा सबै मुक्तकमैया दाजुभाईहरुलाई शुभकामना व्यक्त गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.