Agni Offset Press

सुदूरपश्चिमको बजेट चालु आर्थिक वर्ष सकिनै लाग्दासम्म बजेट स्वीकृत नभएपछि अध्यादेशमार्फत् स्वीकृत गराउने तयारी

Aarati simant

अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१\८२ का लागि सार्वजनिक गरेको बजेट अध्यादेशमार्फत् स्वीकृत गराउने तयारी भइरहेको छ । चालु आर्थिक वर्ष आज सकिनै लाग्दासम्म बजेट स्वीकृत नभएपछि सरकारले अध्यायदेशमार्फत् बजेट स्वीकृत गराउने तयारी गरिरहेको हो।

त्यसको लागि अहिले मन्त्रीपरिषद्को बैठक बसिरहेको छ । प्रदेश सरकारले असार १ गते आर्थिक वर्ष २०८१\८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट प्रदेश सभामा प्रस्तुत गरेको थियो । तर पछिल्लो राजनीतिक घटनाक्रमका कारण प्रदेश सरकार अल्पमतमा परेपछि बजेटमा छलफलसमेत हुन सकेन । सभामा बजेट पेश गर्नु भएका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले पदबाट राजीनामा दिइसकेका छन् ।

बजेट सभामा पेश गर्नुभएका मन्त्री नै पदबाट हटिसकेको अवस्था र आर्थिक वर्षको अन्तिम दिन लागेकाले सरकारलाई अध्यादेशमार्फत् बजेट स्वीकृत गराउनुको विकल्प नरहेको सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले बताए । उनका अनुसार मन्त्रीपरिषद्ले अध्यादेश तयार गरेर स्वीकृतिका लागि प्रदेश प्रमुख समक्ष पठाउने बताए ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले ३० दिनभित्र विश्वासको मत लिन्छु भनिसकेको अवस्थामा प्रदेश सरकारले बजेट स्वीकृतका लागि अध्यादेश ल्याउन पाउने मुख्य न्यायाधिवक्ता शाहीको भनाइ छ । मुख्यमन्त्रीले साउन १८ गतेसम्म विश्वासको मत लिनुपर्ने छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.