Agni Offset Press

पेट्रोलको मूल्य ४ रुपैयाँ र डिजेलरमट्टितेलको ३ रुपैयाँले बढ्यो

Aarati simant

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै निगम सञ्चालन समितिको सोमबारको बैठकले नेपाली बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।

जसअनुसार अब पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्यवृद्धि भएको छ । बढेको मुल्य मंगलबारदेखि लागू हुनेछ । निगमका अनुसार मूल्य वृद्धि भएपछि काठमाडौंमा अब पेट्रोलको मूल्य प्रति लिटर १७१ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १६० रुपैयाँ पुगेको छ ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.