अत्तरिया, ३१ असार : कैलालीको धनगढीका अटोमा रिफ्लेक्स स्टिकर लगाइएको छ । सुदूरपश्चिम अटो यातायात प्रालिले ट्राफिक प्रहरी कार्यालय कैलाली सँगको सहकार्यमा अटोमा रिफ्लेक्स स्टिकर लगाएको हो । सोमबार धनगढी चौराहामा १ सय ५५ अटोको पछाडि भागमा रिफ्लेक्स स्टिकर लगाइएको सुदूरपश्चिम अटो यातायात प्रालिका अध्यक्ष सिताराम कठायतले बताए ।
सो अवसरमा अटोको अवस्था चेकजाँच गरी ‘सडक दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक’ सन्देश पनि दिइएको थियो । सुदूरपश्चिम अटो यातायात प्रालिले यसअघि धनगढी अत्तरिया ६ लेन सडकमा राख्नेको लागि असार १२ गते ट्राफिक प्रहरीलाई स्ट्यान्ड बोर्ड सहयोग गरेको थियो । प्रालिका अध्यक्ष कठायतले अटो व्यवसायलाई मर्यादित बनाउनको लागि आफूहरू लागिपरेको बताए ।