Agni Offset Press

धनगढीमा नगर बस चलाउने तयारी

Aarati simant

अत्तरिया : कैलालीको धनगढीमा नगर बस चलाउने तयारी गरेको छ । फूलबारी–धनगढी चौराहा–सहिद गेट–क्याम्पस रोड हुँदै पुनः फूलबारीसम्म सार्वजनिक सवारीका रुपमा नगर बस चलाउनका लागि ६ बटा खरिद गरिसेको छ ।

उक्त बस संचालनका लागि धनगढी उपमहानगरपालिकाले बोलपत्र समेत आह्वान गरिसेको छ । नगर बस चलाउन मंगलबार धनगढी उपमहानगरपालिकाले बोलपत्र आह्वान गरेको हो। फूलबारी–धनगढी चौराहा–सहिद गेट–क्याम्पस रोड हुँदै पुनः फूलबारीसम्म सार्वजनिक सवारीका रुपमा नगर बस चलाउन उपमहानगरले बोलपत्र आह्वान गरेको हो।

नगर बसका रुपमा चलाउन ६ वटा बसलाई १० वर्षका लागि ठेक्का लगाउन ३० दिने सूचना निकालिएको छ। वार्षिक न्यूनतम ठेक्का मूल्य अभिवृद्धि कर बाहेक २१ लाख ६० हजार तोलिएको छ। बस सेवा सञ्चालनको ठेक्का सम्झौता गर्न इच्छुक कम्पनी तथा फर्मलाई बोलपत्र पेस गर्न सार्वजनिक सूचना जारी गरिएको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.