अछाममा भिरबाट खसेको ढुङ्गा लागेर एक महिलाको मृत्यु

अछाम : अछाममा भिरबाट खसेको ढुङ्गा लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका–३ गाध्यभीर स्थित मंगलसेन–सुवाखांद बस्ति सडक खण्डमा सोही ठाउँकि करिब ३५ वर्षीया बसन्ती बोगटीको मृत्यु भएको छ।

जंगलबाट बाख्रा चराई घर फर्किने क्रममा सडक माथिको भिरबाट खसेको ढुङ्गा टाउकोमा लागि बसन्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.