Agni Offset Press

धनगढीको सैपाल होटलका कामदारले छतबाट हाम फाले

Aarati simant

अत्तरिया : धनगढीमा एक युवकले होटेलको छतबाट हाम फालेका छन् । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका-३ ट्राफिक चोकमा रहेको खप्तड सैपाल होटल एण्ड लजमा काम गर्ने बैतडीको दशरथचन्द नगरपालिका-५ का २० वर्षीय हेमराज जोशीले मंगलबारराति पौने २ बजे छतबाट हाम फालेका हुन् ।

उनले मादक पदार्थ सेवन गरी सोही होटेलको एक तला माथिबाट हाम फालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराले बताए । छतबाट हाम फालेर घाइते भएका जोशीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको उनले बताए ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.