Agni Offset Press

जन्मदिनमा विपन्न विद्यार्थीहरुलाई सहयोग

Aarati simant

अत्तरिया, २ साउन : हेमा श्री फाउन्डेसन नेपाल अध्यक्ष तथा समाजसेवी मन्जु पौड्याल (हेमा श्री) द्वारा जन्मदिनको अवसरमा गौरीगंगा–४ राजिपुर, कैलालीमा रहेको कालिका माध्यामिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ ।
जन्मदिनको नाममा विभिन्न फजुल खर्च गर्नुभन्दा आफ्नो क्षमता अनुसार समस्या परेका व्यक्ति या संस्थालाई सहयोग गर्न निकै उचित हुने भएकोले विद्यालयमा अध्ययनरत विपन्न, आर्थिक अवस्था भएका ३० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको फाउन्डेसनकी अध्यक्ष मन्जु पौड्याल (हेमा श्री) ले बताइन ।
विगतका दिनहरुमा पनि सामुदायिक विद्यालयलाई सहयोग गर्दै आईरहेको र आँउन्दा दिनहरुमा पनि शैक्षिक सामग्री विद्यार्थीहरुलाई पोसाक वितरण गर्ने, बालबालिका लागि अनाथालय तथा जेष्ठ नागरिक संरक्षण कार्य गर्ने योजना रहेको फाउन्डेसनका कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) ले बताए ।
कापी, कलम र झोला शैक्षिक सामग्री पाएकोमा विद्यार्थीहरु निक्कै हर्सित भएका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिनेशबहादुर खडकाले आर्थिक स्थिति निकै कमजोर भएका सामुदायिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण गरेकोमा हेमा श्री फाउन्डेसन नेपाल परिवार तथा अध्यक्ष मन्जु पौड्याल लाई धन्यवाद ब्यक्त गरेका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिनेशबहादुर खडकाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष रामबहादुर चौधरी, त्रिवेणि सामुदायिक वन अध्यक्ष प्रकाश साँउद, पुर्ब विद्यालय अध्यक्ष गंगाराम देवकोटा, अभिभावक संघ अध्यक्ष भिमबहादुर शाही, युवा व्यवसायी अमित चन्द, बिनोद श्रेष्ठ, करन साँउद, शिक्षक–शिक्षिका, फाउन्डेसनका पदाधिकारी लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो । स्वागत सहितको सुभकामना मन्तब्य शिक्षक योगराज आचार्यले गरेका थिए भने कार्यक्रमको संचालन केदारप्रसाद शर्मा गरेका थिए ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.