Agni Offset Press

दुर्गालक्ष्मी विद्यालयका विधार्थीहरुले गुरु पूर्णिमामा शिक्षकलाई दुबोको माला पहि-याए

Aarati simant

अत्तरिया, ६ साउन : गुरुपूर्णिमा पर्वमा शक्ति अनुसार आ–आफ्नो मान्नेजन गुरुहलाई सम्मान गर्ने प्रचलन रहेको छ । हिन्दुधर्म अनुसार गुरुलाई सम्मान गर्ने गरेको हो । गुरुपूर्णिमाको अवसरमा गोदावरी नगरपालिका अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माध्यामिक विद्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरियो । विद्यालयमा अध्ययनरत बालबालिकाहरुले गुरुजनप्रति सम्मान भाव प्रकट गरेका हुन । बालक्लब द्वारा आयोजित गुरुपुर्णिमाको अवसरमा विद्यार्थी आत्मियता देखाए । कक्षा बालबिकास देखि १० सम्मका शिक्षक लाई दुबोको माला पहि¥याए । त्यसले गर्दा विद्यालयको वातावरण नै रमाञ्चक बनेको थियो ।


विद्यालयका प्राचार्य शिवराज जोशीले विद्यार्थीहरुले गुरुप्रति देखाएको आत्मियतालाई आफुहरुले सम्मान गरेको बताए । ‘गुरुपूर्णिमा विद्यालयमा त्यस्तो औपोचारिक कार्यक्रम थिएन’, उनले भने ‘विद्यार्थीहरुले गर्छु भनेपछि पर्वलाई मनाएको हो । अरु केहि होइन ।’ आषाढ शुक्ल पूर्णिमा अर्थात् ज्ञान दिने गुरुको सम्मान गर्ने दिन हो । गुरुदेवो भव भनेर सनातन संस्कृतिमा गुरुलाई देवताकै स्थान दिइएको छ ।

 

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.