Agni Offset Press

पूर्व फुटबल प्रशिक्षक खडकाको निधन, भोली अन्तिम संस्कार

Aarati simant

अत्तरिया, ८ साउन : पूर्व राष्ट्रिय फुटवल खेलाडी एवं प्रशिक्षक लालबहादुर खड्काको निधन भएको छ । खड्काको मङ्गलवार दिउँसो ११ बजे निधन भएको परिवारिक स्रोतले जनाएको छ ।
धनगढी उपमहानगरपालिका–४ उत्तरवेहडीका खड्काको ५९ वर्षको उमेरमा मस्तिष्कघात भएर निधन भएको हो । घरमै एक्कासी बेहोस भएर ढलेपछि अस्पताल पुगाएर उपचारकै क्रममा खड्काको निधन भएको परिवारले जनाएको छ ।
गणेश थापा नेपाली राष्ट्रिय फुटबल टिमको कप्तान हुँदा खड्का पनि राष्ट्रिय फुटबल टिमका खेलाडी थिए । त्यसपछि लामो समयसम्म सुदूरपश्चिम फुटबल टिमको प्रशिक्षक भएर खड्काले सुदूरपश्चिममा खेलाडी जन्माउने र फुटबल खेलको विकासमा योगदान गरेका थिए ।
महेन्द्र प्रहरी क्लवको प्रशिक्षक भएर पनि खड्काले काम गरेका थिए । सुदूरपश्चिममा प्रमुख फुटबल प्रशिक्षक भएर खड्काले खेलाडी उत्पादनमा योगदान गरेका थिए । खड्का प्रमुख प्रशिक्षक रहँदा धनगढीमा सम्पन्न छैटो राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम फुटबल टिमले स्वर्ण पदक जितेको थियो ।
सुदूरपश्चिमको फुटबल खेलको इतिहासमा योगदान दिन सफल खड्काका दुई छोरा एक छोरी र श्रीमती छन् । खड्काको अन्तिम संस्कार बुधवार बिहान गोदावरी आर्यघाटमा गरिने भएको छ । उत्तरबेहडीस्थित घरबाट बिहान ८ बजे शवयात्रा निकालिने जनाएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.