Agni Offset Press

छ लेनको फुटपातमा विरुवा रोप्दैँ गोदावरी नगरपालिका

Aarati simant

अत्तरिया, ८ साउन : छ लेन अन्र्तगतको फुटपातमा कैलालीको गोदावरी नगरपालिकाले वृक्षारोपण गर्ने कार्य तिब्र पारिएको छ । मंगलबार देखि वृक्षारोपण कार्य पुनः अगाडि बढाएको हो । सडकको सौदन्र्यीकरणका साथ–साथै वातावरण स्वच्छ, सफा गर्न पनि रुखहरुको भूमिका हुने भएकोले वृक्षारोपण कार्य अगाडि बढाएको जनाएको छ । सडक बीचभागमा केहि वृक्षारोपण गरिएको छ । बाँकी रहेको ठाउँमा पनि वृक्षारोपण गर्ने नगरको योजना रहेको छ । अत्तरिया चोकबाट सुरु भएको वृक्षारोपण गर्ने कार्य नगरको अन्तिम विन्दु गेटा सम्म गरिने भएको छ ।
कपुर, घण्टेश्वरी, गुलाव, सिरोज, प्लावरिङ्ग केक्टस, धुपी, एक्जारो गोल्डमहर, सीता असोक, वीरेन्द्र फूल ,कञ्जु गुलाम, म्याङ्गो स्ट्रिम लगायत सडकलाई असर नगर्ने जातका विरुवा रोप्ने कार्य भईरहेको छ । नगरलाई हरियाली तथा सौन्दर्यीकरण बनाउन सडकमा वृक्षरोपण हराभरा बनाउन वृक्षरोपण अति नै आवश्यक रहेको नगर प्रमुख विरेन्द्र भट्टले बताए ।
‘स्वच्छ, सफाका लागि बोटबिरुवा रोप्न आवश्यक छ’, उनले भने, ‘त्यसले गर्दा नगरले बिरुवा रोप्ने कार्यलाई तिब्रता दिएको छ । त्यसमा पनि टि–गार्डसहित हुनेछ ।’ उनले रोपिएका बिरुवा जोगाउनका लागि स्थानीयको साथ सहयोगबिना सम्भव नभएको बताए ।
‘स्थानीयको सहयोगबिना कुनै पनि काम असम्भव हुन्छ’, नगर प्रमुख भट्टले भने । ‘बिरुवा चोरी हुनेदेखि गाईवस्तुबाट बचाउन सबैले लाग्नुपर्नेछ ।’ वृक्षरोपण र सरसफाइ एकअर्काबीच अन्तरसम्बन्ध रहेकाले यसले सुन्दर र हराभरा देखिने बिरुवाको संरक्षण गर्नुपर्ने उनको भनाई रहेको छ ।
सडक मिडियम, दायाँ र बायाँ भागमा बिरुवा रोप्ने कार्य अति नै उत्तम भएको स्थानीयहरुले बताएका छन् । गोदावरी नगरपालिका–२ का नरबहादुर रावतले वातावरणमैत्री सडक बनाउने अभियान प्रसंसनीय रहेको बताए । उनले बिरुवा रोप्ने कार्य चर्चामा आउनका लागि मात्र नभएर रेखदेख महत्वपूर्ण रहेको सुझाए ।
नगरलाई सफा, स्वच्छ बनाउनका लागि सडकलाई हरियालीमात्र होइन, प्लाष्टिकका झोलासमेत निषेध गर्ने नीति नगरले लिएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.