ओली सरकारमा सहभागी हुन रञ्जिताले पठाइन् राज्यमन्त्रीको नाम

अत्तरिया : प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले राज्यमन्त्रीको नाम सिफारिस गरेकी छन्।

उनले शुक्रवार प्रधानमन्त्री ओलीलाई पत्राचार गर्दै आफ्नो पार्टीको तर्फबाट राज्यमन्त्रीमा सांसद अरुणकुमार चौधरीको नाम सिफारिस गरेकी हुन्। ओलीले चौधरीलाई राज्यमन्त्री बनाउने या नबनाउने भने निश्चित भइसकेको छैन। प्रतिनिधिसभामा ४ सिट रहेको नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.