दार्चुला : दार्चुलाका एक युवकको भारतमा करेन्ट लागेर मृत्यु भएको छ । लेकम गाउँपालिका–२ पिपलकोटका ३१ वर्षीय लक्ष्मणराम सार्कीको भारतको जम्मुकश्मिरमा करेन्ट लागेर मृत्यु भएको हो ।
शुक्रबार कुखुरा फर्ममा विद्युत तारमा हात लाग्दा करेन्ट लागेर लक्ष्मणको मृत्यु भएको स्थानीय कमल सार्कीले बताएका छन ।