Agni Offset Press

धनगढीमा थप दुई जनामा हैजा पुष्टि

Aarati simant

अत्तरिया : सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा थप दुई जनामा हैजा पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार थप हैजा पुष्टि भएकामा दुई बालक रहेका छन्। उनीहरू दुवैको घरमै उपचार भइरहेको छ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलका ६ र ८ वर्षका दुई बालकमा हैजा पुष्टि भएको हो। थप ४ जनाको रिपोर्ट आउन बाँकी रहेको पनि उनले बताए। आइतबार पनि त्यस टोलमा परीक्षणका लागि दिसा संकलन भइरहेको प्रमुख श्रेष्ठले जानकारी दिए।

स्वास्थ्य कार्यालयका अनुसार यसअघि पनि पशुपति टोलका २३ र २६ वर्षीय दुई युवकमा हैजा पुष्टि भएको थियो। स्वास्थ्य कार्यालयले यसका बारेमा माथिल्ला निकायमा जानकारी गराइसकेको बताउँदै सतर्कता अपनाउनुपर्ने अवस्था रहेको जनाएको छ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.