कञ्चनपुरमा साइकलबाट लडेर एक जनाको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ झलारीबाट पश्चिम तर्फ गइरहेका शुक्लाफाँटा–५ गर्जमुनिका ४० वर्षीय खडक साउँद आइतवार ९हिजो० साइकलबाट लडेर नालिमा रहेको सरीया टाउकोमा लागेर घाइते भएका थिए।

टाउकोमा सरीया पसेर घाइते भएका बोहरालाई उपचारको लागि निसर्ग अस्पताल धनगढी हुदै नेशनल मेडिकल कलेज कोहलपुर रिफर गरिएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि भारत लगेकोमा आज ९सोमवार० उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.