कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जना २० वर्षपछि पक्राउ

अत्तरिया : कैलालीमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन्। भजनी नगरपालिका–८ का ४७ वर्षीय लल्लन जागालाई बर्दीयाको मधुबन नगरपालिका–४ ढोडरी बजारबाट पक्राउ गरिएको हो।

उनलाई २०६१ जेष्ठ ३० गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरेको थियो। इलाका प्रहरी कार्यालय राजापुर बर्दीयाको प्रहरी टोली र इलाका प्रहरी कार्यालय भजनीबाट खटीएको प्रहरी टोलीले पक्राउ गरेको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.