प्यारा तालमा वृक्षारोपण गरेर वन संरक्षणकर्मी यादवले मनाए आफ्नो जन्मदिन

कञ्चनपुर : वन संरक्षण कर्मी कुन्डा सव वन डिभिजन कार्यालय पचकडियाका प्रमुख दिनेशकुमार यादवले कञ्चनपुरको पुनर्वास स्थित पर्यटकीय क्षेत्र प्यारा ताल परिसरमा वृक्षारोपण गरेर आफ्नो जन्मदिन मनाएका छन ।
कुन्डा सव वन डिभिजन कार्यालय पचकडियाका प्रमुख यादवले साउन १५ गते परेको आफ्नो ४९ औं जन्मोत्सव जैविक महत्व बोकेको सदाबहार जलाशय प्यारा ताल परिसर स्थित जैविक उद्यानमा फुल प्रजातिका ज्याकारन्डा , गुल मोहर र ताल परिसरको रैथाने वनस्पति राजबृक्षका बिरुवा रोपेर मनाएका हुन ।
प्यारा तालको जैविक पहिचानलाई उजागर गर्दै पर्यटन विकासका लागि नागरिक अभियान चलाइएको उक्त स्थानमा बृक्षारोपण गरि जन्मदिन मनाउने कुन्डा सव वन डिभिजन कार्यालयका प्रमुख यादवको पहलले समाजमा सकारात्मक सन्देश दिएको प्यारा ताल पर्यटन प्रबर्द्धन तथा संरक्षण समितिका अध्यक्ष दीपेन्द्र बस्नेतले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.