लागूऔषध मुद्दामा फरार कैलालीका २ जना पक्राउ

अत्तरिया : लागूऔषध मुद्दामा फरार रहेका कैलालीका २ जना पक्राउ परेका छन्। लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका–७ बस्ने १९ वर्षीय गोबिन्द राना र ५ हजार ५ सय जरिवाना तोकिएका टीकापुर नगरपालिका–१ बस्ने २८ वर्षीय संजिप चौधरी मंगलवार पक्राउ परेका हुन्।

जिल्ला अदालत कैलालीले सजाय तथा जरीवाना ठहर गरेपछि फरार रहेका थिए। फरार रहेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.