गेटामा घाइते फेला परेकी महिलाको उपचारकाक्रममा मृत्यु

अत्तरिया : कैलालीमा एक महिलाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–५ गेटा मेडीकल कलेज नजिक नाम, थर र वपतन नखुलेकी घाइते अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको हो।

अन्दाजी ३५ वर्षकी महिला टाउको पछाडीको भागमा चोट लागेर घाईते अवस्थामा फेला परेकी थिइन्। अत्तरीयामा रहेको पदमा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी सेती प्रादेशिक अस्पतालमा पठाएकोमा उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.