मान्छे मारेर उखुघारी पसेको बाघ नियन्त्रणमा

कञ्चनपुर : बुधबार देखि कञ्चनपुरको दोधारा चाँदनीमा देखिएको बाघ डार्ट गरी नियन्त्रणमा लिइएको छ । शुक्रवार बिहान बाघलाई बेहोस गर्ने इन्जेक्सन लगाइएको थियो । इन्जेक्सन लागेको बाघ अहिले नियन्त्रणमा आइसकेको छ । उक्त बाघलाई अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लगिँदै छ । त्यसपछि कहाँ लग्ने भन्ने बारे छलफल गरेर टुङ्गो लाग्ने बताइएको छ ।

बाघको आक्रमणमा परेर बिहीबार बिहान दोधारा चाँदनी नगरपालिका –२ की २३ वर्षीय हिरा शाहको मृत्यु भएको थियो । धान खेतमा काम गरिरहेकी उनको शव नजिकैको उखुबारीमा फेला परेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.