Agni Offset Press

बाजुराका दुई युवायुवती काठमाडौँमा मृत फेला, एक घाँटी काटिएको अर्को पङ्खामा झुण्डिएको अवस्थामा भेटिए

Aarati simant

अत्तरिया : काठमाडौँको सिनामङ्गलस्थित एक गेष्ट हाउसमा युवा र युवती मृत फेला परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी १९\२० वर्ष कि करिष्मा सार्की मृत भेटिएको जानकारी दिए । महानगरपालिका ९ स्थित शान्ता कार्कीले सञ्चालन गरेको होटल झर्ना गेष्ट हाउसको कोठा नम्बर ४०२ मा उनीहरु यही साउन १५ गतेदेखि बस्दै आएका थिए ।
होटलका कर्मचारीले शुक्रबार मध्याह्न खाना खानेनखाने निधो गर्नका लागि कोठामा जाँदा ढोका नखोलेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त खबरपछि घटनास्थलमा प्रहरी दिउँसो १ : १५ बजेको समयमा पुगेकोमा ढोका खोली हेर्दा दुवैजना मृत फेला परेको उनले बताए ।
अधिकारीका अनुसार महिला घाँटी काटिएको अवस्थामा मृत फेला परेको र पुरुष पङ्खामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । उक्त घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.