अत्तरिया, २० साउन : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसबाट कमलबहादुर शाहको दावी पेश भएको छ । आज (आईतबार) प्रदेश प्रमुख नजिर मियाँ समक्ष नेकपा एमालेको समर्थनमा काँग्रेसले दावी पेश गरेको हो ।
आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले औपचारिक निर्णय गरेपछि शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरे । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि आज साँझ ५ बजेसम्मको समय दिएका थिए ।
शाह पूर्व मुख्यमन्त्री समेत हुन् । बहुमत सांसदको हस्ताक्षर सहितको दावी पेश गरेसंगै आज मुख्यमन्त्री र मन्त्रीहरुको सपथ लिने तयारी रहेको जनाएको छ