गौरी शंकर डेण्टलको प्राविधिक सहयोगमा दाँत शिविर सम्पन्न

धनगढी : धनगढीको हिमालयन गौरीशंकर डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा दाँत शिविर सम्पन्न भएको छ । सोमबार धनगढी उपमहानगरपालिका वडा नम्बर १५ कनरीमा रहेको जनजागृति आधारभूत विद्यालयमा दाँत शिविर सम्पन्न गरिएको हो ।
दाँत शिविरमा विद्यार्थी, अभिभावक, शिक्षक, व्यवस्थापन समितिका पदाधिकारीहरु गरि कुल १ सय २५ जनाको दाँतको चेक जाँच तथा उपचार गरिएको जनाइएको छ । विद्यार्थी र अभिभावकलाई निशुल्क ब्रस र औषधी वितरण गरि जटिल समस्या भएका बिरामीलाई क्लिनिकमा आइ उपचार गरेमा २५ प्रतिश छुट दिइने जनाएको छ ।
धनगढी मेनरोड चौधरी बुक डिपो गल्लीमा लामो समयदेखि संचालनमा रहेको हिमालयन गौरी शंकर डेन्टल क्लिनिकले विभिन्न समयमा निःशुल्क दाँत शिविर गर्दै आएको छ ।
जनजागृति आविका सुचना अधिकारी लक्ष्मण टमाटाले विद्यार्थी, शिक्षक र अभिभावकका दाँत सम्बन्धि समस्याहरु पहिचान गरि समयमै उपचार गर्ने उद्देश्यले हिमालयन गौरीशंकर डेण्टलको प्राविधिक सहयोगमा निःशुल्क दाँत शिविर आयोजना गरिएको बताए ।
अभिभावक सह्रानी चौधरीले दाँत शिविर आयोजना गरेकोमा खुसी व्यक्त गर्दै आर्थिक अभावमा दाँतको चेक जाँच तथा उपचार गर्नबाट बञ्चित भएका विद्यार्थी र अभिभावकले निशुल्क सेवा पाएको बताइन् । उनले यस्ता अन्य स्वास्थ्य सम्बन्धि शिविरहरू संचालन गरिनुपर्ने बताइन् ।

हिमालयन गौरीशंकर डेण्टलका प्रवन्ध निर्देशक रतन एस केले ग्रामीण क्षेत्रका विद्यार्थी र अभिभावकमा दाँत सम्बन्धि चेतनाको अभावमा विभिन्न समस्याहरु देखिएकाले गाउँ केन्द्रित स्वास्थ्य शिविर आयोजना गर्नुपर्ने आवश्यकता देखिएको बताए । उनले शिविरमा विद्यार्थी र अभिभावकलाई निशुल्क ब्रस,औषधी वितरण गरि आवश्यक परामर्श दिइएको जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.