बझाङबाट बेपत्ता ३ बालिका डडेल्धुरामा भेटिए

बझाङ : बझाङबाट बेपत्ता भएका ३ बालिका डडेल्धुरामा भेटिएका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका–७ छ्यालाकी १६ वर्षीया रजनी विक, १५ वर्षीया निरा विक र अन्दाजी १३ वर्षीया अनिशा विक सोमबार डडेल्धुरामा भेटिएका हुन्।

तीनै जना डडेल्धुराको भातकाडामा हिँडिरहेको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। उनीहरु आइतबार साउन २० गते घरबाट विद्यालय जान्छु भनि हिँडेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.