धनगढी र बेलौरीमा आज सार्वजनिक बिदा

अत्तरिया : कैलालीको धनगढी उपमहानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ। कैलाली र कञ्चनपुर जिल्लामा बसोबास रहेको आदिवासी रानाथारु जातिका महिलाहरूले मनाइने तीज पर्वको अवसरमा धनगढी उपमहानगरले सार्वजनिक बिदा दिएको हो। उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीद्वारा जारी सूचना अनुसार बुधवार सार्वजनिक बिदा दिइएको हो।
यसैबिच धनगढी उपमहानगरकी उपप्रमुख कन्दकला रानाले पर्वको अवसरमा शुभकामना दिएकी छन्। पर्वले रानाथारु जातिको ऐतिहासिक संस्कृति परम्पराको जर्गेनाका साथै रानाथारु जातिको पहिचानलाई उजागर गर्न भूमिका खेल्दै आएको उल्लेख गर्दै उनले शुभकामना दिएकी हुन्।
त्यस्तै गरी कञ्चनपुरको बेलौरी नगरपालिकाले पनि स्थानीय बिदा दिने निर्णय गरेको छ। राना थारु समुदायले विशेष महत्वका साथ मनाउने तिज पर्वका अवसरमा नगरपालिका क्षेत्रभित्र स्थानीय बिदा दिइएको सूचनामा उल्लेख छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.