Agni Offset Press

गोदावरी–१० मा वृहत खानेपानी योजनाको सिलान्यास

Aarati simant

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं १० मा वृहत खानेपानी आयोजनाको ट्यांकी शिलन्यास गरिएको छ । एक घर एक धारा भन्ने उद्देश्यका साथ शुक्रबार गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टद्वारा उक्त खानेपानी ट्याङ्कीको सिल्यान्यास गरिएको हो ।
सिलन्यास पश्चात् नगर प्रमुख विरेन्द्र भट्टले गोदावरी नगरपालिकाबाट आफ्नै स्वामित्वमा निर्माण हुन गइरहेको खानेपानी ट्याङ्की सुदूरपश्चिम प्रदेशको स्थानीय सरकारको यो पहिलो योजना रहेको बताए । उनले वडा नं १० बासीहरुको घर–घरमा धारा पु-याएर २ वर्ष भित्रमा शुद्ध खानेपानीको पहुँचमा ल्याउने उद्देश्यका साथ नगरपालिका अघि बढेको उल्लेख गरे ।
उनले यस क्षेत्रका करिब १ हजार १ सय २९ घरधुरीलाई प्रत्यक्ष रूपमा शुद्ध खानेपानीबाट लाभान्वित गर्ने उद्देश्यले खानेपानी योजना निर्माण कार्य सुरु गरिएको बताए । यस्तै कार्यक्रममा वडा अध्यक्ष रविन्द्र शाही (गुड्डु) ले १० नं वडामा सिलान्यास गरिएको ऐतिहासिक खानेपानी ट्याङ्की यस क्षेत्रको सबै भन्दा ठूलो योजना रहेको र यसमा पहल गर्नुहुने नगर प्रमुख लगायत सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गरे । सोचेको भन्दा राम्रो कार्यको शुभारम्भ भएको साथै समग्र वडा वासीहरुलाई एकदमै हर्षको विषय रहेको बताए ।
उनले वडाबासीहरुले भोग्दै आइरहेको खानेपानीको समस्यालाई मध्यनजर गर्दै यसलाई प्राथमिकता दिएर हरेक घर–घरमा शुद्ध खानेपानीको पहुंच गर्ने उद्देश्यका साथ करिब २ लाख २५ हजार लिटर बराबरको क्षमता हुने खानेपानी ट्याङ्कीको निर्माण कार्य सुरु भएको बताए । नगरपलिकाले बृहत खानेपानी आयोजना अन्तर्गत १० नं वडामा ५ करोड २० लाख ३२ हजार ३ सय १ रुपैया बजेटबाट उक्त ट्याङ्की २ वर्षमा सम्पन्न हुने गरी धनगढीको एमएस एल बि एन्ड जय श्री बालाजी जे भी निर्माण व्यवसायी कम्पनी संग सम्झौता गरिएको छ ।
। यस क्षेत्रका करिब १ हजार १ सय २९ घर धुरी लाभन्भित हुने योजनामा ट्याङ्ककी निर्माण हुने भएको हो । सिलान्यास कार्यक्रममा गोदावरी नगरपालिका नगर उप प्रमुख शारदादेवी रोकाया, जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत हरीदत्त भट्ट लगायतको सहभागीता रहेको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.