Agni Offset Press

अत्तरियाको बनदेवी मन्दिर परिसरमा वृक्षारोपण

Aarati simant

अत्तरिया, २६ साउन : गोदावरी नगरपालिका वडा न. ४ को बनदेवी मन्दिर परिसरमा सयौं फलफूलका बोटबिरुवा रोपिएका छन । शनिवार तेघरीको गौरीशंकर टोल सुधार संस्थाको आयोजनामा तेघरी सामुदायिक वनको आर्थिक सहयोग ८० हजार राबरका ४ सय बढी आँप लिचीका बोट बिरुवा र आवश्यक तारजाली सहयोग गरेको गौरीशंकर टोल सुधार संस्थाका संयोजक पदम ओझाले बताए ।
पछिल्लो समयमा तेघरीमा रहेको बनदेवी मन्दिरमा धार्मिक कार्यक्रम सँगै विवाह ब्रतबन्ध लगायतका कामकाज हुने गरेका छन । मन्दिर परिसरमा बोटबिरुवा रोप्नका लागि हस्तान्तरण कार्यक्रममा गोदावरी नगरपालिका वडा न. २ का वडा अध्यक्ष यज्ञ महरा प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा सामुदायिक वनका अध्यक्ष कृष्णा महरा बिशिष्ठ अतिथी रहेका थिए ।
सामुदायिक वनले यस क्षेत्रमा रहेका बिपन्न बर्गहरुलाई पनि सदस्यता प्रदान गर्न गर्दै गरेको र शनिवारका दिनमा बनदेबी मन्दिर परिसरमा रोप्नमा सहयोग गर्नुहुने सामुदायिक वन लाई पदम ओझाले एक कार्यक्रमका बिच सम्पुर्ण लाई धन्यवाद ब्यक्त गरेका छन ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.