बझाङमा पहिरोमा परेर एक वृद्धको मृत्यु

बझाङ : बझाङमा पहिरोमा परेर एक वृद्धको मृत्यु भएको छ। जिल्लाको केदारस्यूँ गाउँपालिका–८ सिलङ्गी घर भएका ७१ वर्षीय रामप्रसाद जोशीको पहिरोमा परेर मृत्यु भएको हो।
वडाध्यक्ष सुरेशबहादुर जेठाराका अनुसार आइतबार दिउँसो घर नजिकैको जंगलमा दाउरा काट्न गएका उनी एक्कासी ढुंगामुडा सहितको सुख्खा पहिरो जाँदा बेपत्ता भएका थिए। जोशी आज खोजतलास गर्दा जंगलमा मृत अवस्थामा भेटिएका वडाध्यक्ष जेठाराले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.