सुनको मूल्यमा अहिले सम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

अत्तरिया : सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ २१०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो  ।

अघिल्लो दिन प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन १ लाख ५० हजार ८ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १७१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १७४० रुपैयाँ पुगेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.